Techie IT
Hetauda Khabar

मकवानपुर प्रहरीद्वारा नक्कली नेपाली नोटसहित पाँच जना पक्राउ


नक्कली नेपाली नोटसहित मकवानपुर प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । प्रहरी चौकी नामटारले बुधबार र बिहीबार गरी एक हजार दरका ५५ वटा नक्कली नोटसहित ५ जनालाई नियन्त्रणमा लिएको हो ।

प्रहरीले कैलाश गाउँपालिका–९ बाट सोही स्थानका १८ वर्षीय सीताराम थिङ, हेटौंडा–१४ का ३७ वर्षीय सुनील ढुंगाना र १८ वर्षीय रोजल ढुंगाना, मकवानपुगढी–४ का २० वर्षीय सोमराज थोकर र रामेश्वर अर्याललाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवन्पिउर्ले जनाएको छ ।

प्रहरीका अनुसार सीतारामको साथबाट १२ हजार, सुनीलको साथबाट ४२ हजार रुपैयाँ र रोजलको साथबाट एक हजार रुपैयाँको नक्कली नोट बरामद गरिएको हो ।

अनुसन्धानपश्चात् नक्कली नोटको कारोबारमा संलग्न रहेको देखिएपछि सोमराज र रामेश्वरलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार सुनील र रोजल बाबु/छोरा हुन् ।

प्रहरीले पाँचै जनालाई मुद्रासम्बन्धी कसुरमा मकवानपुर जिल्ला अदालत हेटौंडाबाट ५ दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : मुख्य खबर, समाचार, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट