Techie IT
Hetauda Khabar

हेटौंडाको जामे मस्जिदमा ईदको शुभकामना आदान-प्रदान


बागमती प्रदेशका खानेपानी उर्जा तथा सिंचाइ मन्त्री एका लाल श्रेष्ठले इस्लाम समुदायमा मनाइँदै गरिएको ईद-उल फित्र पर्वका अवसरमा हेटौंडाको जामे मस्जिद पुगेर इस्लाम समुदायलाई शुभकामना दिएका छन् ।

मन्त्री श्रेष्ठले इस्लाम धर्मका अनुयायीहरुमा सुख, शान्ति एवम् सुवास्थ्यका लागि शुभकामना व्यक्त गरे । नेपाल मुस्लिम इत्तेहाद संगठनको आयोजनामा भएको शुभकामना आदनप्रदान कार्यक्रममा मन्त्री श्रेष्ठले हाम्रो देश बहुजातीय, बहुभाषिक र बहुधार्मिक एवं बहुसांस्कृतिक विविधतायुक्त रहेको भन्दै भौगोलिक विविधता अनुसार कला, संस्कृति र परम्पराहरु पनि बहुआयामिक भएको बताए ।

नेपालमा हिन्दु, बौद्ध, इस्लाम तथा इसाई धर्मावलम्बीहरुबीच उच्चस्तरिय सहिष्णुता कायम रहेकोले हाम्रो समाज उत्कृष्ट भएको उनले धारणा राखे ।

इस्लाम धर्मावलम्बीहरुले रमजान महिनाको ३० दिनको ‘रोजा’ व्रत पूरा गरेपछि आज इद उल फित्र मनाएका हुन् । रमजान महिना उर्दू पात्रोको अनुसार नवौँ महिना हो । ईदको अन्तिम दिन बिहानै उठेर नुहाइधुवाइ गरी मस्जिदमा नमाज पढेर धार्मिक मनोभाव आदानप्रदान गर्ने परम्परा छ । साथै मुस्लिम समुदायले आफन्तमाझ अङ्गालो हालेर आत्मियता साट्ने गर्छन् ।

इद पर्व मुस्लिम समुदायले आपसी रिस, राग र द्वेषलाई बिर्सेर आपसमा खुशियाली साटासाट गर्दै शुभकामना आदानप्रदान गरी हर्षोल्लासका साथ मनाउने गरिन्छ । इदमा विशेष नमाज समर्पण गरिसकेपछि आफूभन्दा ठूलाबडाबाट आशीर्वाद लिने र आफूभन्दा सानालाई आशीर्वाद दिँदै मिष्टान्न परिकारसमेत खाने र खुवाउने परम्परा रहिआएको छ ।


क्याटेगोरी : समाचार, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट