Techie IT
  • ६ फागुन २०८२, बुधबार
Hetauda Khabar
  • ६ फागुन २०८२, बुधबार

राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसुची


काठमाडौं, ६ फागुन । राष्ट्रियसभा बैठक बस्दैँछ ।

ADVERTISEMENT

संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ः ०० बजे बोलाइएको छ ।

ADVERTISEMENT

 

आजको बैठकमा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सबन्धी पत्रहरूको ब्याहोरा पढेर सुनाउने छन् ।

ADVERTISEMENT

 

प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको सभापति मायाप्रसाद शर्माले ‘प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको वार्षिक प्रतिवेदन २०८० पेश गर्नेछन ।

 

राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिलकुमारी रावल थापा (पार्वती) ले ष्ट्रिय सरोकार तथा समन्वय समिति तहगत अन्तरसम्वन्ध र सबन्ध बिषयक अध्ययन प्रतिवेदन २०८०’ पेस गर्नेछन् ।

 

विधायन व्यवस्थापन समितिकका सभापति जयन्ती देवी राइले ‘विधायन सम्वन्धी विधेयक २०८०’ को प्रतिवेदन पेश गर्नेछन भने कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरूङले ‘सम्पत्ति शुद्धीकरण  (मनी लाउन्डरिङ) निवारण तथा ब्यावसायिक वातावरणा प्रबर्दन सबन्धी केही एेनलाइ संसोधन गर्ने बिधेयक २०७९लाइ दफावार छलफलका लागि बिधानय ब्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन ।

 

साथै, उपप्रधानमन्त्री तथा गृह मन्त्री नारायणकाजी श्रेष्ठले ‘अध्यागमन बिधेयक २०७६ फिर्ता गरियोस’ भन्ने प्रस्ताव सभा समक्ष प्रस्तुत गरिने महासचिव पदम प्रसाद पाण्डेयले सार्बजनिक गरेको सम्भावित कार्यसुचीमा उल्लेख गरिएको छ।


प्रकाशित मिति : आइतवार, २०८० फाल्गुन ६, ०८ :४५ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट