Techie IT
Hetauda Khabar

सुनचाँदी व्यवसायीमाथि गोलि प्रहार


पश्चिम नवलपरासीको बर्दघाटमा एक जना सुनचाँदी व्यवसायीमाथि गोलि प्रहार भएको छ । बर्दघाट नगरपालिका–१६ केराबारी गाउँ नजिकै पुलमा अज्ञात समुहको गोली प्रहारबाट व्यवसायी गजेन्द्र विश्वकर्मा घाइते भएका छन् ।

बर्दघाट घर भइ सुस्ता गाउँपालिका–१ बरुवामा सुनचाँदी व्यवसाय गर्दै आएका बिश्वकर्मालाई साँझ पसल बन्द गरेर घर फर्कने क्रममा अज्ञात समूहले गोली प्रहार गरेको हो ।

विश्वकर्माको पाखुरामा गोली लागेको र अवस्था खतरामुक्त रहेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सुचना अधिकारी डिएसपी रेशम बोहोराले जानकारी दिनुभयो । उहाँको भैरहवामा उपचार भैरहेको छ ।

घटनापश्चात् उक्त समुहले विश्वकर्मा चढेको स्कुटर लिएर भागेको छ । लुटपाट गर्ने उदेश्यले गोली प्रहार भएको आशंका गरिएको र उनिहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट