Techie IT
Hetauda Khabar

गठबन्धन सरकार निकम्मा भएको ओलीको टिप्पणी


पुर्वप्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकार निकम्मा भएको टिप्पणी गरेका छन् । पार्टीनिकट खेलकुद संगठनले बिहीबार च्यासलमा आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले नेकपा ९माओवादी केन्द्र० नेतृत्वको गठबन्धन सरकारलाई देशद्रोहीको संज्ञा दिएका छन् ।

उनले जनताको बलमा मौजुदा सरकारविरूद्ध आन्दोलनको खाँचो रहेको बताएका छन् । ‘एक जनाले भनेका थिए– कोसँग मेरो गर्धन जोडिएको छ, घाँटी जोडिएको छ । यिनीहरूको सबैको घाँटी एकै ठाउँमा जोडिएको छ । यिनीहरूको घाँटीमात्रै होइन सिंगै शरीर जोडिएको छ,’ ओलीले भने, ‘अंग्रेजीमा भनाइ छ– बर्ड्स अफ् द सेम फिगर फ्लाइ टुगेदर । यी एकै वंश, एकै नश्लका हुन् । र यी भ्रष्टाचार वंशका हुन् । यी कमिसनतन्त्रीय वंशका हुन् । यिनको गोत्र निकम्मा गोत्र हो । यिनको जात देशद्रोही हो ।

उनले जनताको बलमा आन्दोलनमा उत्रनुपर्ने र देश बर्बाद हुनबाट जोगाउनुपर्ने आवश्यकता रहेको बताएका छन् । ओलीले सरकार तरकारी बारीको बुख्याँचाजस्तो भएको पनि टिप्पणी गरेका छन् । विरोधीहरू एमालेविरूद्ध एक्लै लड्ने् आँट नगरेको भन्दै उनले यसमा गर्व गर्नुपर्ने बताएका छन् ।

हामीले गर्व गर्नुपर्छ– विरोधीहरू एक्लै लड्नेभिड्ने आँटै गर्दैनन् । हामी मात्रै हो, एक्लै लड्छौं भन्ने । हामी लड्यौं । तर सबै भएर, स–साना अंकहरू जोडेर उनीहरूले सरकार बनाएका छन् । सरकार कस्तो छ भने तरकारी बारीको बुख्याँचाजस्तो छ,’ उनले टिप्पणी गर्दै भनेका थिए ।

ओलीले मौजुदा सरकारले केही गर्न नसक्ने पनि बताएका छन् । अहिले त त्यसका टाउकामा सुुगा पनि बस्छ । त्यसका टाउकामा काग पनि बस्छ । सबै बस्छ । किनभने चिनिसकेँ–यो बुख्याँचा हो भनेर ।

त्यस्तो बुख्याँचा, निकम्मा सरकार छ । सरकार निकम्मा मात्रै भइदिएको भए हुन्थ्यो१,’ उनले भने । उनले सरकार भटाचार र भ्रष्टाचारीको संरक्षण भएको बताएका छन् । ‘कमिसनखोरी र त्यसको संरक्षण, तस्करी र त्यसको संरण, आयोजक र संरक्षक छ सरकार !,’ उनले भने ।

उनले यस स्थितिमा ‘मिसन २०८४’ भनेर पर्खन नसकिने उनले बताएका छन् । ‘देश बरबाद हुन लाग्यो भने कहाँ मिसन ०८४रु ०८४ को चुनाव भनेर पर्खिएर बसेर हुन्छ रु उनले भने, ‘यो लोभिपापीहरू नभत्कन सक्छन् !

यसैले जनताको बलमा आन्दोलन गर्नुपर्ने उनले बताएका छन् । त्यसकारण पार्टीलाई संगठित र अनुशासित बनाउनुपर्ने आवश्यकता रहेको पनि ओलीले बताएका छन् ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट