Techie IT
Hetauda Khabar

छोरी बलात्कार गरेको घटना लुकाउन बुबाले नै गरे छोराको हत्या


बहिनी बलात्कृत भएको थाहा पाएपछि बाबुविरुद्ध जाहेरी दिँदा बाबुले नै छोराको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । सोमबार बन्चरोले हानेको अवस्थामा २१ वर्षीय युवकको शव सुर्खेतको पञ्चपुरी नगरपालिका–५ मा फेला परेको थियो । जिल्ला प्रहरी कार्यालयमा कात्तिकमा आफ्नै छोरीलाई बलात्कार गरेको भन्दै छोराले आफ्नै बाबुविरुद्ध जाहेरी दिएका थिए ।
प्रहरीमा छोराले जाहेरी दिएको थाहा पाएपछि बुबा फरार भएका थिए । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक योगेन्द्रसिंह थापाका अनुसार पीडित किशोरीले बुबा नै आएर दाजुको हत्या गरेको दाबी गरेकी छन् । रातिको घटना भएकाले विस्तृत अनुसन्धान भइरहको प्रहरी उपरीक्षक थापाले बताए । युवकको हत्यामा उनकै बाबु संलग्न रहेको प्रमाणहरू फेला परेको पनि दाबी गरिएको छ ।

‘पारिवारिक मनमुटावका कारण हत्या भएको देखिन्छ,’ उपरीक्षक थापाले भने । अनुसन्धानमा संलग्न प्रहरी अधिकृतका अनुसार हत्या योजनाबद्ध रूपमा भएको छ । गत असोज २७ गते १९ वर्षीया किशोरीलाई बलात्कार गरेको भन्दै प्रहरीमा जाहेरी परेको थियो । मामाघर बस्दै आएकी छोरी बुबा भारतबाट घर फर्केपछि भेट्न बोलाएर बलात्कार गरेको जाहेरीमा उल्लेख छ ।

आफू बाबुबाट बलात्कृत भएको किशोरीले दाइलाई भनेकी थिइन् । दाइले गत कात्तिक १५ गते जिल्ला प्रहरी कार्यकाल सुर्खेतमा बुबाविरुद्ध जबरजस्ती करणीको जाहेरी दिएका थिए । बुबाले छोरीलाई मुद्दा नहाल्न भन्दै धम्की दिएका थिए। मुद्दा परेपछि उनी श्रीमतीसहित भागेर भारत पसेका थिए ।

पीडित किशोरीले भारतमा लुकेर बसेका बुबाले नै नेपाल आएर दाजुको हत्या गरेर भागेको दाबी गरेकी छन् । ‘प्रहरीको अनुसन्धानमा जनवरीको १२ र १३ तारिखमा भारतबाट नेपालमा आएको खुलेको छ । १४ मा नेपाल पुगेर १५ तारिख राति हत्या गरेर भागेको हुनसक्छ,ु अनुसन्धान खटिएका एक अधिकृतले भने, ‘बुबामाथि शंका गर्ने आधारहरू भेटिँदै गएका छन् ।’

पीडित किशोरीले आफूलाई बलात्कार गरेको घटनाले बुबा र दाजुबीच विवाद बढेको बयान दिएकी छ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट