Techie IT
Hetauda Khabar

हेटौंडामा स्कुटरले पैदलयात्रीलाई दियो ठक्कर


हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं.५ पिप्लेमा स्कुटरको ठक्करबाट एक जना घाइते भएका छन् । घाइते हुनेमा स्थानीय ६० बर्षीय माधव प्रसाद वाग्ले रहेका छन् ।

कान्तिलोकपथ सडकखण्ड अन्तर्गत पिप्ले तर्फबाट हेटौंडा बजारतर्फ आउदै गरेको ना.४४ प १६७२ नम्बरको स्कुटरले बाटो क्रस गर्दै गरेको पैदलयात्री वाग्लेलाई ठक्कर दिएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

प्रहरीका अनुसार टाउको र छातिमा चोट लागेको उनको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ । स्कुटर चालक प्रहरीको नियन्त्रणमा रहेको छ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट