Techie IT
  • ८ फागुन २०८२, शुक्रबार
Hetauda Khabar
  • ८ फागुन २०८२, शुक्रबार

मेलम्चीको पानी वितरण गर्नुपर्ने भन्दै खाली गाग्रीसहित प्रदर्शन


मेलम्चीको पानी वितरण गर्नुपर्ने भन्दै ललितपुरबासीले खाली गाग्रीसहित ललितपुरमा प्रदर्शन गरेका छन् ।

ADVERTISEMENT

मेलम्चीको पानी तुरुन्त वितरण गर भन्दै काठमाडौं उपत्यका मेलम्ची खानेपानी संर्घष समिति, ललितपुरले शुक्रबार मंगलबजारदेखि लगनखेलसम्म प्रदर्शन गरेका हुन् । उनीहरुले मेलम्ची खानेपानीमाथिको चलखेल बन्द गरि निरन्तर पानी आउने अवस्था बनाउन माग गरेका छन् ।

ADVERTISEMENT

प्रदर्शनमा सहभागीहरुले पानीमा भ्रष्टाचार बन्द गर, भ्रष्टाचारी सरकार राजीनामा दे, तुरुन्तै मेलम्चीको पानी खोली दे लगायतका नारा लगाउँदै खाली गाग्री र भाँडो प्रदर्शन गरेका थिए । मेलम्चीको पानी आउन नसक्दा खानेपानीमा समस्या भएकाले तत्काल जनताको माग सरकारले सुनुवाई गर्नुपर्ने उनीहरुले बताएका छन् ।

ADVERTISEMENT

प्रकाशित मिति : शुक्रबार, २०८० पुस २०, १४ :४० बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट