Techie IT
Hetauda Khabar

राष्ट्रियसभा सदस्यको सीट मिलाउन कांग्रेस र माओवादीलाई सकस


राष्ट्रियसभा सदस्यको सीट मिलाउन नेपाली कांग्रेस र माओवादी निरन्तर छलफलमा जुटिरहेका छन् । दुई दिनदेखि उनीहरुबीच निरन्तर छलफल हुँदै आएको छ । तर, कांग्रेसले कति सीट लिने र माओवादीले कति सीट लिने भन्नेमा सहमति जुटेको छैन ।

सत्ता गठबन्धनमा पहिले दुई दलमा सहमति भएपछि अरु दलसँग छलफल गर्ने तयारीमा उनीहरु छन् । बुधबार पनि प्रधानमन्त्री निवास बालुवाटारमा दुईपक्षीय छलफल भइरहेको छ । मंगलबार पनि दुई दलका शीर्ष नेताहरूबीच छलफल भएको थियो ।

यसअघिको छलफलमा भागबन्डाको टुंगो नलागेपछि नेताहरू आज पनि छलफलमा जुटेका हुन् । आजको बैठकमा माओवादी केन्द्रबाट अध्यक्ष प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र वर्षमान पुन सहभागी छन् छन् भने कांग्रेसबाट सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगनकुमार थापा र प्रमुख सचेतक सहभागी छन् ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट