Techie IT
  • २३ फागुन २०८२, शनिबार
Hetauda Khabar
  • २३ फागुन २०८२, शनिबार
प्रतिनिधिसभा निर्वाचन २०८२ - प्रिमियम लाइभ अपडेट
LIVE
मकवानपुर अपडेट
hetaudakhabar.com
प्रतिनिधिसभा निर्वाचन २०८२
--:--:--
मकवानपुर क्षेत्र नम्बर १
खसेको मत
गणना हुँदै
लोड हुँदै...
hetaudakhabar.com ताजा र आधिकारिक अपडेटको लागि
मकवानपुर क्षेत्र नम्बर २
खसेको मत
गणना हुँदै
लोड हुँदै...
hetaudakhabar.com ताजा र आधिकारिक अपडेटको लागि
ब्रेकिङ
🔑

Admin Login

कारागारबाट छुट्ने दिन नै जव कैदीको मृत्यु भयो….


मोरङ कारागारमा कैद भुक्तान गरिरहेका कैदी बन्दीको उपचारका क्रममा सोमबार बिहान मृत्यु भएको छ।

ADVERTISEMENT

लेनदेन ठगी मुद्दामा कैद भुक्तान गरिरहेका विराटनगर महानगरपालिका-१० का चण्डेश्वर सहनीको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले बताए।

ADVERTISEMENT

उनले सोमबार बिहान पौने ७ उपचारका क्रममा कोशी अस्पतालमा मृत्यु भएको बताए। मृतक साहको कैद भुक्तान सकेर आज सोमबार  छुट्ने दिन थियो।

पेट पोल्ने र श्वासप्रश्वासमा समस्या भएपछि शनिवार बिहान साढे ४ बजे कारागार प्रशासनले उनलाई कोशी अस्पताल ल्याएको बताउँदै, डिएसपी दाहालले भने, ‘मृतक सहनीको घटना हेर्दा शङ्कास्पद देखिंदैन। शव पोस्टमार्टमका लागि कोशी अस्पतालमा राखिएको छ। आज बिदा भएकाले डाक्टर उपलब्ध भए आजै पोस्टमार्टम हुन्छ। पोस्टमार्टमको रिपोर्टपछि मात्रै थप कुरा आउने छ।’

ADVERTISEMENT

छुट्ने दिन नै मृत्युपछि उनका आफन्त आक्रोशित छन्। सहनीको मृत्युपछि मात्रै कारागारले परिवारलाई जानकारी गराएको थियो।

जिल्ला कारागार मोरङका निमित्त जेलर कृष्णहरि न्यौपानेले सम्पर्क नम्बर गलत हुँदा आफन्तलाई जानकारी गराउन ढिलो भएको बताए।

बुधवार र बिहीबार वाकवाक लाग्ने, पेट दुख्ने समस्या भएपछि कोशी अस्पतालको ओपिडीमा परीक्षण गराएको बताउँदै, निमित्त जेलर न्यौपानेले भने,’ शनिवार बिहान साढे ४ बजे श्वासप्रश्वासमा समस्या भयो भनेपछि तत्कालै कोशी अस्पतालको इमर्जेन्सीमा भर्ना गरिएको थियो। त्यसपछि आफन्तलाई जानकारी गराउन खोज्दा उन (मृतक)ले दिएको नम्बर नै मिस्टेक रहेछ, फोन लागेन। उनले दिएको श्रीमतीको नम्बर मिस्टेक हुँदा समयमा नै जानकारी गराउन सकेनौँ।’

लेनदेन मुद्दामा उनलाई मोरङ अदालतले २०७८ मङ्सिर  १९ गते १० महिना २२ दिन कैद सजाय सुनाएको थियो। अदालतले फैसलापछि फरार उनी २०७९ माघ १७ गते कारागार चलान भएका थिए।

पछिल्लो समय मोरङ कारागारमा कैदी बन्दीलाई श्वासप्रश्वास, पेट दुख्ने पोल्ने जस्तो समस्या हुने र उपचारका क्रममा मृत्यु हुने गरेको छ।

क्षमताभन्दा बढी कैदी बन्दी रहेको मोरङ कारागारमा चौकीदारले विभिन्न बहानामा कैदी बन्दीलाई यातना दिएको गुनासो आइरहन्छन्।

महिला पुरुष गरी ३ सय जना क्षमता रहेकोमा मोरङ कारागारमा पुरुष ९ सय ४८, महिला ८९ र नाबालक ७ जना गरी जम्मा १ हजार ४४ जना कैदी बन्दी  छन्।


प्रकाशित मिति : सोमवार, २०८० पुस ९, १४ :५४ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट