Techie IT
  • ९ फागुन २०८२, शनिबार
Hetauda Khabar
  • ९ फागुन २०८२, शनिबार

जब बालेन प्रचण्डको कुरै नसुनी हिँडे…..


 प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहसँग आक्रोशित भएका छन् ।

ADVERTISEMENT

ललितपुर महानगरको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्नुअघि नै मेयर बालेन उठेर हिँडेपछि प्रधानमन्त्री आक्रोशित भएका हुन् ।

ADVERTISEMENT

प्रधानमन्त्रीभन्दा अघि सम्बोधन गरेका मेयर साहले फोहोर व्यवस्थापन, काठमाडौंको खोला अतिक्रमणलगायको विषयमा संघीय सरकारबाट अपेक्षित सहयोग नपाएको गुनासो गरेका थिए । तर जब प्रधानमन्त्रीको सम्बोधन गर्ने पालो आयो उनी उठेर हिँडेका थिए ।

बालेन उठेर हिँडेपछि प्रधानमन्त्रीले भने, ‘बालेन्द्रजी गइहाल्नुभयो पहिला बोलेर हिँडिहाल्नेसँग पनि मलाई अलि इरिटेसन हुन्छ । आफूलाई लागेको कुरा भनिहाल्ने अनि त्यसको जवाफ सुन्न चाहिँ नबस्ने, बस्नुपर्छ प्रमुख अतिथिले बोल्ने बेलासम्म । म उहाँलाई भन्न चाहन्छु चाहे त्यो बागमतीमा बसेकाको हस्तक्षेपको कुरालाई होस्, या तीनकुनेको कुरालाई होस् । चाहे उपत्यकाको फोहोर व्यवस्थापनको विषयमा कतिपटक सिंहदबारमा बैठक भयो । अहिलेको प्रधानमन्त्री जस्तो सकारात्मक र रचनात्मक ढंगले समन्वय गरेको अर्को कसैले देख्नुभएको छ ?’

ADVERTISEMENT

प्रकाशित मिति : सोमवार, २०८० पुस २, १३ :१६ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट