Techie IT
  • २५ माघ २०८२, आईतबार
Hetauda Khabar
  • २५ माघ २०८२, आईतबार

आजको मौसम : देशभरका अधिकांश भू-भागमा आंशिक बदली


हेटौंडा । आज देशभरका अधिकांश भू भागको मौसम आंशिक बदली रहने छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

ADVERTISEMENT

महाशाखाले हाल देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको तथा तराईका थोरै स्थानमा हुस्सुरकुहिरो लागेको बताएको छ।

ADVERTISEMENT

महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ भने आज राति कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदलीदेखि सामान्यतया सफा रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।

महाशाखाले आगामी २ दिन हिमपात र वर्षाको सम्भावना नरहेको भन्दै निरन्तर तापक्रम घट्दै जाने भएकाले आवश्यक सतर्कता अपनाउन पनि आग्रह गरेको छ।

ADVERTISEMENT

प्रकाशित मिति : सोमवार, २०८० पुस २, ०८ :३० बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट