Techie IT
Hetauda Khabar

प्रदेश सम्मेलन तयारीका लागि कांग्रेस बागमती प्रदेश कार्यसमितिको पूर्ण बैठक


हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशको आगामी पुस ७ गते हुने पहिलो प्रदेश सम्मेलनको तयारीको लागि कार्यसमितिको आईतबार काठमाडौंमा पूर्ण बैठक बसेको छ ।

कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँको अध्यक्षतामा बसेको कार्यसमितिको आठौं पूर्ण बैठकले पुस ७ गते हुने पहिलो प्रदेश सम्मेलनको लागि आवश्यक तयारी र सम्पन्न भएकोे कार्य बारे समिक्षा गरेको छ ।

बैठकले सम्मेलनमा प्रस्तुत गरिने राजनीतिक, सांगठानिक र आर्थिक प्रतिवेदन पास गर्नुका साथै कार्यसम्पादन समितिले हालसम्म गरेका निर्णयहरु अनुमोदन गरिएको कांग्रेस बागमती प्रदेशका प्रवक्ता तिलक रुवालीले जानकारी दिए ।

प्रवक्ता रुवालीका अनुसार यसअघि कार्यसम्पादन समिति बैठकले सम्मेलन सम्पन्न गर्नका लागि बनाईएको विभिन्न समितिका संयोजकहरुले अहिलेसम्म भएको कार्यप्रगति र गर्न बाँकी कार्यको बारेमा आ–आफ्नो धारणा राखेको बताए ।

काठमाडौंको सुकेधारास्थित नवदुर्गा पार्टी प्यालेसमा पुस ७ गते हुने पहिलो सम्मेलनमा नेपाली कांग्रेसका केन्द्रीय सभापति शेरबहादुर देउवाको प्रमुख आतिथ्यता तथा केन्द्रीय पदाधिकारीहरु र सातै प्रदेशका प्रदेश सभापतिहरुको समुपस्थितिमा सम्मेलन हुने प्रवक्ता रुवालीले जानकारी दिए ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट