Techie IT
  • ९ फागुन २०८२, शनिबार
Hetauda Khabar
  • ९ फागुन २०८२, शनिबार

आज विवाहपञ्चमी, सरकारले दियो सार्वजनिक बिदा


हेटौंडा । मधेश प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ। विवाहपञ्चमी महोत्सवको अवसरमा मधेश प्रदेश सरकारले आइतबार सार्वजनिक बिदा दिएको हो।

ADVERTISEMENT

आज जनकपुरधाममा धुमधामसँग सीताराम विवाहपञ्चमी महोत्सव मनाइँदै छ । मंसिर शुक्ल पञ्चमी तिथिका दिन त्रेता युगमा भगवान राम र सीताबीच विवाह भएको स्मरणमा प्रत्येक वर्ष मंसिर शुक्ल पञ्चमीमा जनकपुरमा सीताराम विवाहपञ्चमी मनाइन्छ ।

ADVERTISEMENT

सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवको आज छैठौं दिनलाई मुख्य दिन मानिन्छ । विवाह पञ्चमीमा भारतको अयोध्याबाट हरेक वर्ष जन्ती समेत आउने गरेका छन्।

जन्तीका रुपमा आएका श्रद्धालु भक्तजनलाई मिष्ठान्न मिथिला भोजन गराई दक्षिणा दिएर बिदाइ गर्ने प्रचलन छ ।

ADVERTISEMENT

प्रकाशित मिति : आइतवार, २०८० पुस १, ०८ :१५ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट