Techie IT
Hetauda Khabar

एमालेको संकल्प यात्रा आज चिवाभञ्ज्याङ पुगेर समापन गरिँदै


हेटौंडा । नेकपा एमालेको पुष्पलाल मध्यपहाडी राजमार्ग केन्द्रित ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ आज समापन गरिँदैछ ।

यात्राको अन्तिम दिन आज बिहान पाँचथरको फिदिमबाट चिवाभञ्ज्याङ पुगेर राष्ट्रिय झण्डा झण्डोत्तोलन गरी यात्रा कार्यक्रमको समापन गरिने तयारी रहेको एमालेले जनाएको छ ।

आजको यात्रा १ सय १ किलोमिटर रहेको छ । यात्रा टोली साँझ बास बस्न फिदिममा नै फर्कनेछ भने टोली सोमबार भोलि बिहान काठमाडौंका लागि प्रस्थान गर्नेछ ।

गत मंसिर १४ गते सुदूरपश्चिम प्रदेशको बैतडीबाट सुरु भएको संकल्प यात्रामा एमालेले मध्यपहाडका विविध समस्या पहिचान गरी लाखौं जनतासँग साक्षात्कार गरेको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीले सञ्चालन गरेको संकल्प यात्राको क्रममा स्थानीयको समस्या पहिचान गरी समाधानको उपाय पनि खोजी गरिएको बताएका छन् ।

यात्राको १७औं दिन शनिबार पाँचथरको फिदिममा आयोजित अन्तिम सभा पछि सामाजिक सञ्जाल फेसबुक मार्फत अध्यक्ष ओलीले यात्राको क्रममा स्थानीयसँग कुरा गरेको, स्थानीयकै समस्या बुझेको र उनीहरूकै अपेक्षा अनुसारको समाधान पहिल्याउने बाटो खोजेको उल्लेख गरेका छन् ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट