Techie IT
  • ९ फागुन २०८२, शनिबार
Hetauda Khabar
  • ९ फागुन २०८२, शनिबार

राष्ट्रिय सभा निर्वाचनका लागि १२ दल दर्ता


हेटौंडा । निर्वाचन आयोगका अनुसार आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि १२ वटा दल दर्ता भएका छन् ।

ADVERTISEMENT

नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी, नेपाल मजदुर किसान पार्टी, जनमत पार्टी, राष्ट्रिय जनमोर्चा, लोकतान्त्रिक समाजवादी पार्टी र नेपाल समाजवादी पार्टीले दल दर्ता गरेको निर्वाचन आयोगले जनाएको छ ।

ADVERTISEMENT

निर्वाचन आयोगले मङ्सिर २४ गतेदेखि मङ्सिर २९ सम्म दल दर्ताको समय तोकेको थियो । फागुन २० गते राष्ट्रिय सभाका २० जना सदस्य बिदा हुँदैछन्। रिक्त हुने पदका लागि एक महिना अगावै पुस ११ गते चुनाव हुँदै छ।

ADVERTISEMENT

प्रकाशित मिति : शनिबार, २०८० मंसिर ३०, १० :२४ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट