Techie IT
Hetauda Khabar

उम्मेदवार जिताउन मकवानपुरमा कांग्रेसले युवा परिचालन गर्ने


आसन्न प्रतनिधि सभा र प्रदेश सभा निर्वाचनामा लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुलाई बिजयी गराउँन मकवानपुरमा नेपाली कांग्रेस निकट युवाहरुलाई परिचालन गर्ने भएको छ ।

बुधबार नेपाली कांग्रेस मकवानपुरको पार्टी कार्यलयमा भएको तरुणहरुको भेलाले युवा परिचालनका लागी निर्वाचन क्षेत्र अनुसार युवा संयोजक तोकेको छ । नेपाल तरुण दल मकवानपुरका सचिव एवं युवा परिचालन समितिका जिल्ला संयोजक सचित थापाको अध्यक्षतामा भएको भेलाले मकवानपुरका दुईवटा संघीय र ४ वटा प्रदेश सभा निर्वाचन क्षेत्रका लागी संयोजक र सह–संयोजक तोकेको हो ।

भेलाले मकवापनुर प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा राजकुमार बास्तोलालाई संयोजक र अजय सापकोटालाई सह–संयोजक तोकेको छ । यस्तै प्रदेश सभा क्षेत्र नम्बर १ को (क)मा राम डिमडुङ्ग र १ को (ख)मा संजय श्रेष्ठलाई संयोजक तोकेको छ ।

यसैगरी प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा सूर्य रोक्का संयोजक र पेमा लामा सह–संयोजक रहेका छन् भने प्रदेश सभा क्षेत्र नम्बर २ को (क) मा सुमन श्रेष्ठ र २ को (ख)मा ठाकुर तितुङलाई संयोजकको जिम्मेवारी दिइएको छ ।

भेलामा नेपाली कांग्रेस मकवानपुरका जिल्ला सचिव भिमसेन महतले गठबन्धनका उम्मेदवाहरुलाई जिताउँने गहन जिम्मेवारी रहेकाले प्राप्त जिम्मेवारी अनुसार काम गर्न आग्रह गरे । सचिव महतले गठबन्धनका उम्मेदवारको जितमा युवाको भूमिका महत्वपूर्ण हुने बताए ।


क्याटेगोरी : मुख्य खबर, समाचार, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट