Techie IT
  • ९ फागुन २०८२, शनिबार
Hetauda Khabar
  • ९ फागुन २०८२, शनिबार

सिम्रौनगढमा झडप : प्रहरीको गोली लागेर एक जनाको मृत्यु


बाराको सिम्रौनगढ नगरपालिकामा भएको झडपका क्रममा स्थिति नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर घाइते भएका एक जनाको मृत्यु भएको छ।

ADVERTISEMENT

बुधबार दिउँसो सिम्रौनगढ नगरपालिका परिसरमा प्रहरी र प्रदर्शनकारीहरूबीच झडप हुँदा प्रहरीले गोली चलाएको थियो। प्रहरीको गोली लागेर घाइते भएका सिम्रौनगढ नगरपालिका–१ नमसंग्राढाटका २५ वर्षीय लक्ष्मी मुखियाको नारायणी अस्पताल बीरगन्जमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

ADVERTISEMENT

कर्मचारीहरूले तलब नपाएको भन्दै लामो समयदेखि नगर परिसरमा धर्ना दिइरहेका थिए। बुधबार नगरपालिकामा मेयर किशोरी साह कलवार र प्रमुख प्रशासकीय अधिकृत आएपछि प्रदर्शनरत कर्मचारीहरूले मेयरको गाडीमा तोडफोड गरेका थिए । मेयर र अधिकृत भागेर कोठामा प्रवेश गरेपछि त्यसपछि प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो। उक्त झडपलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्याससँगै हवाई फायर गरेको थियो।

उक्त क्रममा मुखियालाई गोली लागेको थियो। घाइते मुखियाको उपचारका क्रममा मृत्यु भएको हो। यस्तै झडपको क्रममा १० जना प्रहरीसमेत घाइते भएका छन्।

ADVERTISEMENT

प्रकाशित मिति : बुधबार, २०८० मंसिर २७, १७ :५३ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट