Techie IT
  • ९ फागुन २०८२, शनिबार
Hetauda Khabar
  • ९ फागुन २०८२, शनिबार

जनकपुरधाममा आजदेखि विवाह पञ्चमी महोत्सव सुरू


जनकपुरधाममा मंगलबादेखि सप्ताहव्यापी कार्यक्रम सीताराम विवाह महोत्सव सुरु भएको छ। विवाह पञ्चमी सुरु भएसँगै जनकपुरधाममा श्रद्धालुभक्तजन आउनेहरूको क्रम सुरु भएको छ।

ADVERTISEMENT

मिथिला नरेश राजा जनकको छोरी सीताको विवाहको स्मरणमा प्रत्येक वर्ष जनकपुरधाममा एक हप्तासम्म वैवाहिक कार्यक्रम मनाइने गरिन्छ। त्यसको लागि जनकपुरधाम क्षेत्रमा श्रद्धालु भक्तजनहरूको चहल पहल बढेको छ।

ADVERTISEMENT

विवाह पञ्चमीको पहिलो दिन मंगलबार जानकी मन्दिरको प्रांगणमा नगर दर्शन विधि गरिनेछ। जानकी मन्दिरको प्रांगनमा साँझ ४ बजेका लागि समय निर्धारण गरिएको जानकी मन्दिरले जनाएको छ।

भगवान राम र लक्ष्मण पहिलो पटक प्राचिन मिथिलाको राजधानी जनकपुरधामको भ्रमण गरेको स्मरणमा प्रत्येक वर्ष विवाहपञ्चमी महोत्सवअन्तर्गत पहिलो दिन नगरदर्शन विधि गरिन्छ।

ADVERTISEMENT

नगरदर्शन विधिमा राम लक्ष्मणको प्रतीकको रूपमा रहेको दुई बालकलाई नगरदर्शन गराइने छ।
जनकपुर नगर दर्शनको लागि जानकी मन्दिरकै प्रांगणमा कृत्रिम बजार बनाइने छ।

सो बजारमा मुरही, चिया, कचरी, पान, मखान, खेलौना, मिठाई, मिथिला चित्रकला, कपडा, सिन्दुर, टिकलीलगायतका पसलहरू कृत्रिम रूपमा निर्माण गरिन्छ।

विवाह पञ्चमी शुरु भएसँगै जनकपुरधाममा श्रद्धालुभक्तजन आउनेहरुको क्रम सुरु भएको छ।

मिथिला नरेश राजा जनकको छोरी सीताको विवाहको स्मरणमा प्रत्येक वर्ष जनकपुरधाममा एक हप्तासम्म वैवाहिक कार्यक्रम मनाइने गरिन्छ।


प्रकाशित मिति : मङ्लबार, २०८० मंसिर २६, ११ :४० बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट