Techie IT
  • ८ फागुन २०८२, शुक्रबार
Hetauda Khabar
  • ८ फागुन २०८२, शुक्रबार

ठेक्का लिएर काम नगर्ने १२ कम्पनी कालोसूचीमा


सरकारले विभिन्न १२ वटा निर्माण तथा आपूर्ति कम्पनीलाई कालोसूचीमा राखेको छ ।

ADVERTISEMENT

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अन्तरगतको सार्वजनिक खरिद अनुगमन कार्यालयले सम्झौताअनुसार काम नगर्ने, पटकपटक ताकेता गर्दा पनि अटेर गर्ने कम्पनीलाई कालोसूचीमा राखेको हो ।

ADVERTISEMENT

जसमा सरोजकुमार साह सञ्चालक रहेको आदर्श कन्स्ट्रक्सन तीन वर्षसम्मका लागि, लक्ष्मण पाण्डेय सञ्चालक रहेको त्रिवेणी निर्माण सेवा र बमबहादुर कुर्मी सञ्चालक रहेको गंगोत्री देवी निर्माण सेवा गरेर दुई कम्पनी दुई वर्षसम्मका लागि कालोसूचीमा परेका छन् ।

यस्तै खेमराज गुरुङ सञ्चालक रहेको बाबरी निर्माण सेवा, कृष्ण भट्टराई सञ्चालक रहेको कमल कन्स्ट्रक्सन, गगनबहादुर शाही सञ्चालक रहेको अनामिका कन्स्ट्रक्सन, लोकबहादुर राना सञ्चालक रहेको भावेश कन्स्ट्रक्सन प्राली, ऊर्जा कुशभ मष्ट जेबी र परमेश्वर पाण्डे सञ्चालक रहेको प्राञ्जल निर्माण सेवासहित पाँच कम्पनी साढे एक वर्षसम्मका लागि कालोसूचीमा परेका छन् ।

ADVERTISEMENT

मोहित श्रेष्ठ सञ्चालक रहेको रोहित निर्माण सेवा, पारसकुमार बोहोरा सञ्चालक रहेका पारस निर्माण सेवा र रुक्मणी सुवेदी सञ्चालक रहेको रुमानी निर्माण सेवासहित तीन कम्पनी एक वर्षसम्मका लागि कालोसूचीमा परेका छन् ।

यी कम्पनीले कालोसूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन नपाउने सार्वजनिक खरिद अनुगमन कार्यालयले जनाएको छ ।


प्रकाशित मिति : सोमवार, २०८० मंसिर २५, ११ :४९ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट