Techie IT
  • ९ फागुन २०८२, शनिबार
Hetauda Khabar
  • ९ फागुन २०८२, शनिबार

१४ किलो सुन छानविन गर्न समिति गठन


त्रिभुवन विमानस्थल भन्सार कार्यालयले बिहीबार राति विमानस्थलबाट पक्राउ परेको १४ किलो सुन प्रकरण छानविन गर्न समिति गठन गरेको छ ।

ADVERTISEMENT

बिहीबार राति ११।४० बजे फ्लाई दुबईको उडान नं। एफजेड ५७३ बाट आएका राहदानी नं. पीए ०१४५४८८ भएका नेपाली नागरिक चन्द्र घलेको साथबाट बरामत गरिएको १४ किलो सुन प्रकरण छानविन गर्न कार्यालयले प्रमुख भन्सार अधिकृत मनिराम पौडेलको संयोजकत्वमा उक्त ६ सदस्यीय समिति बनाइएको हो। यो समितिलाई ५ दिनको कार्यादेश दिइएको छ ।

ADVERTISEMENT

समितिमा प्रहरी नायव उपरीक्षक सूर्यप्रकाश सुवेदी, भन्सार अधिकृत प्रकाश निरौला, भन्सार अधिकृत डिल्लु प्रसाद शर्मा, शाखा अधिकृत मञ्जु थापा र भन्सार अधिकृत लोकराज ढुंगाना सदस्य रहेका छन् ।

त्रिभुवन विमानस्थल भन्सार कार्यालयले बिहीबार राति विशेष सुराकीको आधारमा करिब १४ किलो सुन बरामद गरेको थियो। गारखा घर भएका घलेले ज्याकेटमा लुकाएर विस्कुट आकारको ७ थान १४ किलो सुन ल्याएका थिए ।

ADVERTISEMENT

उक्त कार्यमा चन्द्र घले र गोरखा स्थायी ठेगाना भएका मीनबहादुर घले पनि संलग्न रहेको पाइएपछि पक्राउ गरेर भन्सार कार्यालयले अनुसन्धान अघि बढाएको छ ।

बरामत गरिएको सुन परीक्षणका लागि भन्सार विभाग पठाइएको प्रमुख भन्सार प्रशासक डा। टोकराज पाण्डेले बताए् ।


प्रकाशित मिति : शुक्रबार, २०८० मंसिर २२, १३ :२६ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट