Techie IT
  • ९ फागुन २०८२, शनिबार
Hetauda Khabar
  • ९ फागुन २०८२, शनिबार

कांग्रेसको पहिलो लुम्बिनी प्रदेश सम्मेलन आजदेखि


नेपाली कांग्रेसको लुम्बिनी प्रदेश सम्मेलन आजदेखि सुरु हुँदैछ। सम्मेलन बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुनेछ। मुलुकमा प्रादेशिक संरचनासहितको संघीयता लागू भएपछि कांग्रेसको यो पहिलो प्रदेश सम्मेलन हो।

ADVERTISEMENT

भोलिसम्म चल्ने सम्मेलनको उद्घाटन समारोहलाई पार्टी सभापति शेरबहादुर देउवा, नेता डा। शेखर कोइराला, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीलगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

ADVERTISEMENT

सम्मेलनमा १२ जिल्लाका जिल्ला सभापति, ५२ वटा प्रदेशसभा निर्वाचन क्षेत्रबाट ९ जनाका दरले ४६८ महाधिवेशन प्रतिनिधि, प्रदेशका संघीय निर्वाचन क्षेत्रका क्षेत्रीय सभापति, विभिन्न भ्रातृ तथा शुभेच्छुक संस्थाका प्रमुख सहभागी हुने छन्।

यस्तै, प्रदेशबाट केन्द्रमा प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य तथा पदाधिकारीलगायत ७ सय ५० भन्दा बढीको सहभागिता रहने छ।

ADVERTISEMENT

बन्द सत्रमा राजनीतिक, सांगठनिक, आर्थिक प्रतिवेदन पेस हुनेछ। सो प्रतिवेदनमाथि समूहगत छलफलपछि पारित गरिने लुम्बिनी कांग्रेसले जनाएको छ।


प्रकाशित मिति : शनिबार, २०८० मंसिर १६, ११ :४९ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट