Techie IT
Hetauda Khabar

सिद्धार्थ शिशु सदनमा अभिमूखिकरण कार्यक्रम


सिद्धार्थ शिशु सदन माध्यमिक विद्यालय हेटौंडामा विद्यार्थीहरूको पठन संस्कृति विकासका लागि एकदिने अभिमूखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

बिहीबार किताबघर, हेटौंडाको संयोजनमा विद्यालयका कक्षा ७, ८ र ९ का विद्यार्थीहरूका लागि किताब पढ्ने बानीको विकासका सन्दर्भमा अभिमूखिकरण कार्यक्रम आयोजना भएको हो ।

कार्यक्रममा बालबालिकाहरूलाई पाठ्यक्रमभन्दा बाहिरका किताबको आवश्यकता र महत्त्वका विषयमा जानकारी गराइएको थियो । किताब पढ्ने बानीको विकासले शैक्षिक उपलब्धीमा पुग्ने सहयोगको बारेमा बालबालिकाहरूलाई जानकारी गराइएको थियो ।

करिब २ सय विद्यार्थी सहभागी कार्यक्रमको सहजीकरण किताबघरका संचालक छवि अनित्यले गरेका थिए । शुक्रबार विद्यालयमा किताबघरको संयोजनमा बालबालिकाहरूका लागि पुस्तक प्रदर्शनी समेत आयोजना हुँदैछ । किताबघर पुस्तक प्रदर्शनी यात्रा २०८० अन्तरगत प्रदर्शनी हुन लागेको हो ।

कार्यक्रमले बालबालिकाहरूमा पठन संस्कृतिबारे अभिरुची बढाउन सहयोग पुग्ने विद्यालयका अतिरिक्त कृयाकलाप संयोजक केदार न्यौपानेले बताउनुभयो ।


क्याटेगोरी : मुख्य खबर, समाचार, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट