Techie IT
  • ९ फागुन २०८२, शनिबार
Hetauda Khabar
  • ९ फागुन २०८२, शनिबार

रुकुम पश्चिममा जिप दुर्घटना हुँदा २२ जना घाइते, ७ जनाको अवस्था गम्भीर


रुकुम पश्चिममा जिप दुर्घटना हुँदा २२ जना घाइते भएका छन्। सोमबार बिहान चौरजहारी नगरपालिका–८ को गोइरीज्युलामा लु १ ज २२९७ नम्बरको जिप दुर्घटना हुँदा जिपमा सवार सबै घाइते भएका हुन्।

ADVERTISEMENT

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार चौरजहारी नगरपालिका वडा नम्बर १० खोला गाउँबाट जिल्ला सदरमुकाम मुसिकोटतर्फ जाँदै गरेको जिप दुर्घटना भएको हो।

ADVERTISEMENT

अहिले घाइतेहरू सबैलाई चौरजहारी अस्पतालमा उपचारको लागि ल्याइएको छ। घाइतेमध्ये ७ जनाको अवस्था गम्भीर रहेको बताइएको छ।घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

ADVERTISEMENT

प्रकाशित मिति : सोमवार, २०८० मंसिर ४, ११ :५५ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट