Techie IT
Hetauda Khabar

छठ पर्वको आज दोस्रो दिन


छठ पर्वको आज दोस्रो दिन खरना । छठका व्रतालुहरूले आज नुहाएर चोखो भइ साँझपख खीर पकाएर प्रसादका रुपमा चन्द्रमालाई चढाउँछन् । चन्द्रमालाई चढाएपछि व्रतालुले खीर र लौकाको तरकारी खाने गर्दछन् ।

आज व्रतालुले बिहानदेखि पानी पनि नखाएर साँझपख एक छाक मात्र भोजन गर्दछन् । चार दिनसम्म अर्थात सप्तमीसम्म व्रतालुले माछा, मासु, लसुन, प्याज आदी खाँदैनन् ।कार्तिक शुक्ल चतुदर्शीदेखि सुरु भएको छठमा प्रकृतिको छैटौँ अंशबाट उत्पन्न भएकी भगवती देवी छठी माईको पूजा गर्ने गरिन्छ । छठी देवीले पुत्र नभएकालाई पुत्र, पत्नी नभएकालाई पत्नी, धन नभएकालाई धन प्रदान गर्ने विश्वास गरिन्छ ।

छठको व्रतमा एकदमै चोखो भएर संयम तथा ब्रह्मचर्य धर्मको पालना गर्दै बस्नु पर्ने कडा नियम हुन्छ । यो पुरा गरिएन भने छठ पूजाको फल नपाइने विश्वास रहेको छ । त्यसैले पनि छठलाई एउटा कठिन व्रतको रूपमा लिइएको छ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट