Techie IT
Hetauda Khabar

प्रहरीलाई आक्रमण गर्ने १४ जना पक्राउ


काठमाडौंको शंखरापुर नगरपालिका–३ लप्सीफेदीमा प्रहरीलाई आक्रमण गरेको आरोपमा प्रहरीले १४ जनालाई पक्राउ गरेको छ ।

शुक्रबार राति चार जना र शनिबार बिहान १० जना गरी १४ जनालाई प्रहरीले पक्राउ गरेको हो ।शनिबार बिहान पक्राउ पर्नेमा तामाकोशी हाइड्रोपावर पीडित संघर्ष समितिका अध्यक्ष रञ्जित तामाङसहित १० जना छन् । जयमान वाइवा, सूर्यमान तामाङ, सुनबहादुर वाइवा र हर्कमान वाइवालाई हिजो राति पक्राउ गरीएको थियो ।

नेपाल विद्युत प्राधिकरणले लप्सीफेदीमा निर्माण गर्ने सबस्टेसन र त्यसको सुरक्षा पोष्ट स्थापनाको विषयमा विवाद हुँदा प्रहरी र स्थानीयबीच झडप भएको थियो ।

स्थानीयले बाटोमा रुख ढालेर बाटो अवरुद्ध गर्नुका साथै सुरक्षाकर्मीहरुलाई ढुङ्गामुढा गर्दै आक्रमण गरेका थिए । स्थानीयको आक्रमणबाट डीएसपी देवराज राईसहित तीन जना सुरक्षाकर्मी घाइते भएका थिए ।

शंखरापुर नगरपालिका वडा नम्बर ३ का अध्यक्ष सूर्यबहादुर तामाङले बस्तीको बीचमा सबस्टेसन निर्माण गर्न नहुने स्थानीयको माग रहेको बताएकाछन् ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट