Techie IT
  • ९ फागुन २०८२, शनिबार
Hetauda Khabar
  • ९ फागुन २०८२, शनिबार

जाजरकोट भुकम्प : १ लाख ७९ जनसंख्या प्रभावित, ९ हजारभन्दा बढी घर पूर्णरुपमा क्षति


जिल्ला प्रशासन कार्यालय जाजरकोटले कार्तिक १७ गते जाजरकोटमा गएको भुकम्प र २० गतेको परकम्पबाट भएको भौतिक तथा मानविय क्षतिको विवरण सार्वजनिक गरेको छ ।

ADVERTISEMENT

विवरण अनुसार जाजरकोटमा ९ हजार भन्दा बढी घर भूकम्पका कारण पूर्णरुपमा भत्किएका छन् ।

ADVERTISEMENT

२४ हजारभन्दा बढी घरमा आंशिक क्षति पुगेको छ।

७ स्थानीय तहका ९ हजार ९७४ घर पूर्णरुपमा भत्किएका छन् । भने २४ हजार ७०७ घरमा आंशिक क्षति पुगेको छ।

ADVERTISEMENT

कुल ३४ हजार ५०१ घरधुरीका १ लाख ७९ हजार ८९३ जनसंख्या भूकम्पबाट प्रभावित भएका छन् । जसअनुसार ९ हजार १८६ घरधुरीका ६७ हजार १७४ जनसंखया विस्थापित बनेका छन् ।

भूकम्पबाट ९९ जना घाइते हुँदा १०१ जनाको मृत्यु भएको छ । भौतिक क्षतिको प्रारम्भिक द्रुत सर्वेक्षण प्रतिवेदनका आधारमा यो तथ्यांक सार्वजनिक गरिएको प्रशासनको भनाइ छ ।


प्रकाशित मिति : बुधबार, २०८० कार्तिक २२, ११ :३७ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट