Techie IT
  • ९ फागुन २०८२, शनिबार
Hetauda Khabar
  • ९ फागुन २०८२, शनिबार

काठमाडौं महानगरको ‘साथी महानगर’ परियोजना कार्यान्वयनमा


काठमाडौं महानगरपालिकाले ‘साथी महानगर’ योजना कार्यान्वयनमा ल्याएको छ । सहरी गरिब र विपन्न वर्गको दैनिकीमा सहजता ल्याउन साथ दिने उद्देश्यले ‘भेटौँला, महानगरवासीको दुःख मेटौँला’ भन्ने नारासहित महिला,बालबालिका,विपन्न लक्षित उक्त कार्यक्रम कार्यान्वयनमा ल्याएको महानगरले जनाएको छ ।

ADVERTISEMENT

उक्त कार्यक्रम अन्तर्गत सुत्केरी महिलालाई पोसिलो खानेकुराको अभाव हुन नदिने, विपन्नलाई किरिया खर्च अभाव हुन नदिने, जोखिममा रहेका बालबालिका, ज्येष्ठ नागरिक, महिला, अपाङ्गता भएका व्यक्तिले एक्लो महसुस गर्न नपर्ने गरी विभिन्न कार्यक्रम सञ्चालन गर्ने महानगरले जनाएको छ ।

ADVERTISEMENT

सुत्केरी सहयोग

शारीरिक तथा मानसिक रूपमा अस्वस्थ रहेको, शारीरिक अपाङ्गता रहेको, कुपोषित गर्भवती तथा कुपोषित बच्चा रहेको, परिवारमा अन्य १५–६० वर्षका व्यक्ति नरहेको सुत्केरीलाई काठमाडौं महानगरले साथी महानगर ९स्वर्णिम योजना० अन्तर्गत १० हजार सहयोग गर्ने छ ।

ADVERTISEMENT

यस्तै ४२ दिन भित्रको सुत्केरी, परिवारमा अन्य १५–६० वर्षका सहयोगी व्यक्ति नरहेको तथा परिवारका कुनै सदस्यको नियमित रोजगारीको ग्यारेन्टी नभएको अवस्थामा सुत्केरीलाई महानगरले ७ हजार ५ सय सुत्केरी खर्च उपलब्ध गराउने उल्लेख गरिएको छ ।

किरिया खर्च

महानगरले दाह संस्कार र किरिया खर्च समेत जुटाउन नसक्ने महानगरवासीका लागि किरिया खर्चको व्यवस्था गर्ने भएको छ । जसअन्तर्गत विपन्न किरिया खर्चको आवश्यकता भएका नागरिकलाई महानगरले २० हजार सम्म खर्च उपलब्ध गराउने छ ।

तर, त्यसका लागि घर जग्गा आफ्नो स्वामित्वमा नरहेको, परिवारमा कुनै सदस्यको नियमित रोजगारी नभएको, विगत १ वर्ष भित्र कुनै पनि वैदेशिक रेमिटेन्स प्राप्त नगरेको, शारीरिक तथा मानसिक रूपमा अस्वस्थ रहेको, शारीरिक अपाङ्गता रहेको, कुपोषित गर्भवती तथा कुपोषित बच्चा रहेको, परिवारमा अन्य १५–६० वर्षका व्यक्ति नरहेको जस्ता विपन्नता पुष्टि गर्ने निर्धारित मापदण्ड पुर्‍याएर वडा कार्यालयबाट सिफारिस लिनु पर्ने हुन्छ ।

यस्तै घर जग्गा आफ्नो स्वामित्वमा नरहेको, परिवारमा कुनै सदस्यको नियमित रोजगारी नभएको, विगत १ वर्ष भित्र कनै पनि वैदेशिक रेमिटेन्स प्राप्त नगरेको, शारीरिक तथा मानसिक अस्वस्थ रहेकोलाई परिवारको हकमा महानगरपालिकाले १५ हजार सम्म किरिया खर्च उपलब्ध गराउने छ ।

महानगरको साथी महानगर स्वर्णिम योजनामा उल्लेखित मापदण्ड पुगेका महानगरवासीन्दाले विपन्नता पुष्टि हुने कागजात सहित आवश्यक सहयोगको लागि आफू बसोबास गरिरहेको वडा कार्यालय वा काठमाडौं महानगरपालिकाको सामाजिक विकास विभागअन्तर्गत साथी महानगर परियोजना कार्यान्वयन एकाइमा सम्पर्क गरी सेवा लिन सक्नेछन् ।


प्रकाशित मिति : सोमवार, २०८० कार्तिक २०, १२ :१७ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट