Techie IT
Hetauda Khabar

रिगलको कैद मिनाहा गर्ने राष्ट्रपतिको निर्णय सर्वोच्चबाट बदर


सर्वोच्च अदालतले सरकारको सिफारिसमा राष्ट्रपतिबाट भएको योगराज ढकाल रिगलको कैद कट्टा बदर गरेको छ।

न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र डा. कुमार चुडालको संयुक्त इजलासले जन्मकैद पाएका रिगलको बाँकी कैद कट्टा गर्ने निर्णय बदर गर्न आदेश दिएको हो।

इजलासले संविधान र कानुन विपरीत भएको देखिएको भन्दै सो निर्णय बदर गर्न परमादेश दिएको हो।संविधान दिवसका दिन अन्य कैदीसँगै रिगलको बाँकी सजाय माफी दिँदै रिहा गरेको थियो।

पूर्वपति चेतन मानन्धरको हत्यामा संलग्न ढकालको बाँकी कैद कट्टीको सिफारिस गर्ने मन्त्रिपरिषद र मन्त्रिपरिषदको सिफारिस अनुसार कार्यान्वयन गर्ने राष्ट्रपतिको निर्णय खारेजीको माग गर्दै भारती मानन्धरले सर्वोच्चमा रिट दायर गरेकी थिइन्।

२०७२ असार २८ गते मानन्धरको हत्या भएको थियो। मानन्धर हत्या अभियोगमा रिगललाई जिल्ला अदालत बाँकेका तत्कालीन न्यायाधीश विष्णु सुवेदीकी इजलासले सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट