Techie IT
Hetauda Khabar

हेटौंडामा दशैँमा बनाइएको खसी बजार अव्यवस्थित, गेटमा ताला, किसानले कर तिर्छन् तर खसी राख्न पाएनन्


बागमती प्रदेश सरकारको १५ लाख बजेटबाट निर्मित हेटौंडाको खसी बजार उद्घाटन गरिएको एकहप्तामै भद्रगोल बनेको छ ।

अव्यवस्थित खसी बजारलाई व्यवस्थित गर्न प्रदेश सरकारको लगानीमा हेटौंडा उपमहानगरपालिकाले समन्वय गरी बनाएको खसी बजार झन् अव्यवस्थित र असुरक्षित भएको भन्दै ब्यापारी आक्रोशित बनेका छन् ।

हेटौंडा–१ चौकीटोलस्थित झोलुङ्गे पुलमुनी निर्माण गरिएको खसी बजार गत असोझ ३० गते उद्घाटन गरिएको थियो दशैँको मुखैमा हेटौंडा बसपार्कबाट चौकीटोल सारिएको खसीबजार अव्यवस्थित भएपछि किसान तथा ब्यापारी आक्रोशित बनेका हुन् । खसीबजारमा हेटौंडा उपमहानगरपालिकाले कर संकलन गर्न ठेक्कासमेत दिएको छ । ठेकेदारले उपमहानगरपालिकालाई वार्षिक रुपमा ७ लाख ३७ हजार ६९ रुपैंया बुझाउने गरेको छ भने खसी उक्त बजारमा ल्याएपछी प्रति खसी/बोका २५ रुपैंयाका दरले किसान तथा ब्यापारीले कर संकलकलाई रकम बुझाउनु पर्नेछ ।

तर भर्खरै निर्माण गरिएको खसीबजारमा किसानले खसी राख्न पाएका छैनन् । ३० गते उद्घाटन गरेर दशैंको फूलपातीको दिनसम्म खसीबाजारको गेट खुलेको र त्यसयता ताला लगाइएको ब्यापारीले बताएका छन् । बजार भनिएकै ठाउँको गेटमा ताला लगाएपछि खसी बोका बिक्रि गर्न समस्या भएको उनीहरुको गुनासो छ ।

हेटौंडा उपमहानगरपालिकाले २५ रुपैंयाका दरले कर लिन्छ, हामि बाहिरै बस्नु परेको छ, ताला लगाएको छ जंगलको कुनामा ग्राहक नै आउदैनन्, उपमहानगरपालिकाले हामीलाई पशुको व्यवहार गर्यो,’ मकवानपुर गढी गाउँपालिकाबाट खसी बेच्न आएका एक किसानले भने, ।

पोहोर एक सय ओटा खसी बेचेको तर यसपाली खोलाको छेउमा कोही ग्राहक नआएकाले ५० वटा पनि बिक्रि नभएको र आउन जानसमेत अप्ठेरो भएकाले आफुहरुलाई समस्या भएको खसी बेच्न आएका ससी देवकोटाले बताए ।

दशैको बेला व्यवस्थित गर्ने नाममा खसी बजार झन् भद्रगोल बनाएको र किसान तथा ब्यापारीलाई हेटौंडा उपमहानगरपालिकाले मर्कामा पारेको खसी व्यापारीको आरोप छ ।

खसी किन्न आउनेले पनि हाल बनाइएको खसी बजार अपायक भएको र अव्यवस्थित भएको गुनासो गर्ने गरेका छन् ।

उता हेटौंडा उपमहानगरपालिकाले भने खसीबजार सोही स्थानमा पायक रहेको र थप व्यवस्थित बनाउने तयारी गरिरहेको बताएको छ । भर्खरै उद्घाटन गरिएकाले केही समस्या देखिएपनि उपमहानगरपालिकाले खसी बजार व्यवस्थित बनाउने हेटौंडा उपमहानगरपालिकाका प्रवक्ता सविन न्यौपानेले बताए ।

‘ब्यापारी तथा किसान र ग्राहकलाई सजिलो हुनेगरी थप व्यवस्थित बनाउने तयारिमा छौं, टाढाबाट आएका ब्यापारीले खसी त्यही राख्न मिल्ने गरी संरचना बनाउछौं, नगर प्रहरी खटाइसकेका छौं’, प्रवक्ता न्यौपानेले भने, ।


क्याटेगोरी : मुख्य खबर, समाचार, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट