Techie IT
Hetauda Khabar

इजरायलमा नेपालीको मृत्यु : मङ्गलबार राष्ट्रिय शोकको घोषणा, दश लाख राहत दिने निर्णय


सरकारले मङ्गलबार राष्ट्रिय शोकको घोषणा गरेको छ । सोमबार अपराह्न बसेको मन्त्रिपरिषद् बैठकले इजरायलमा मृत्यु भएका नेपालीको शोकमा मङ्गलबार राष्ट्रिय शोक मनाउने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले हमासको आक्रमणमा परी ज्यान गुमाएकाको परिवारलाई १०/१० लाख राहत दिने निर्णय पनि बैठकले गरेको जानकारी दिनुभयो ।

इजरायलमा नेपालबाट इन्टर्नमा गएकामध्ये १० विद्यार्थीको मृत्यु भएको थियो । केही घाइते छन् । बङ्करमा लुकेर रात बिताइरहेकाहरूले उद्धारको याचना गरेका छन् ।

मन्त्री शर्माका अनुसार सरकारले इजरायलमा द्वन्द्वग्रस्त ठाउँमा रहेका नेपाल फर्किन चाहने नेपालीलाई यथाशीघ्र ल्याउन काम गर्ने निर्णय गरेको छ ।


क्याटेगोरी : मुख्य खबर, समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट