Techie IT
  • ९ फागुन २०८२, शनिबार
Hetauda Khabar
  • ९ फागुन २०८२, शनिबार

रिगललाई आममाफी दिएकोमा सरकारसँग सर्वोच्चले माग्यो लिखित जवाफ


सर्वोच्च अदालतले हत्यारा गुन्डा नाइके रिगल भनिने योगराज ढकाललाई आममाफी दिएकोमा सरकारसँग जवाफ माग गरेको छ।

ADVERTISEMENT

बिहीबार न्यायाधीश मनोजकुमार शर्माको इजलासले हत्यारालाई आममाफी दिनुको कारणसहित लिखित जवाफ पेश गर्न विपक्षीको नाममा आदेश दिएका हुन् ।

ADVERTISEMENT

अदालतले असोज २४ गते साँझ ५ बजेभित्र जवाफ दिन पनि आदेश दिएको छ । आफ्ना श्रीमान् चेतन मानन्धरका हत्यारा रिगललाई आममाफी दिने राष्ट्रपति पौडेलको निर्णयविरुद्ध पत्नी भारती मानन्धरले सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन् ।

गत असोज ३ गते संविधान दिवसको अवसर पारेर सरकारले सर्वस्वसहित जन्मकैद पाएका रिगललाई आममाफी दिइएपछि उनी गाडीको लावालस्करसहित नेपालगञ्जको कारागारबाट निस्किएका थिए ।

ADVERTISEMENT

भारती यतिबेला नेपालगञ्जबाट काठमाडौँ आएर सरकारविरुद्ध चुनौती दिइरहेकी छिन् । सरकारको निर्णयविरुद्ध चौतर्फी आलोचना भइरहेको छ । सत्तापक्षकै नेताहरुले सरकारको निर्णयप्रति आपत्ति जनाउँदै निर्णय सच्याउन भनेका छन् ।


प्रकाशित मिति : बिहिबार, २०८० अशोज १८, १८ :५४ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट