Techie IT
Hetauda Khabar

हेटौंडामा प्रहरी परिसरमै बिरामीको मृत्यु प्रकरण : एम्बुलेन्स रोकेर विवाद गर्ने प्रहरी निलम्बित


हेटौंडामा आइतबार मध्यरात बिरामी बोकेको एम्बुलेन्स रोकेर विवाद गर्ने प्रहरी सहायक हवल्दार डिल्लीराम शिवाकोटी निलम्बनमा परेका छन् । उनले नशाको तालमा एम्बुलेन्सनै रोकेर विवाद गरेपछी जिल्ला प्रहरी कार्यालय परिसरमै एक महिलाको एम्बुलेन्समा मृत्यु भएको थियो ।

हवल्दार शिवाकोटीलाई बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले निलम्बन गरेको हो । शिवाकोटीले एम्बुलेन्स रोक्दा मृतक महिलाको परिवारसँग विवाद भएपछि उनी घाइते भएका थिए । उनको उपचार चितवनस्थित पुरानो मेडिकल कलेजमा भइरहेको छ ।

प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक दिपक रेग्मीले एम्बुलेन्स रोक्ने प्रहरी शिवाकोटीलाई निलम्बन गरेको जानकारी दिए । उनले निलम्बन गरेर घटनाको अनुसन्धान भइरहेको बताए । सहायक हबल्दार शिवाकोटीको उपचारपछि थप कारबाही प्रक्रिया अगाडि बढाउने बताए ।

काठमाडौंस्थित त्रिवि शिक्षण अस्पताल, महाराजगन्जको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरबाट उपचार हुन नसक्ने भनी डिस्चार्ज गरिएकी बकैया गाउँपालिका वडा नम्बर १ की ५६ वर्षीया चिरमाया लोको जिल्ला प्रहरी कार्यालय मकवानपुर परिसरमै मृत्यु भएको थियो ।

उनलाई बोकेर हेटौंडा आएको ना २ च ८४३२ नम्बरको एम्बुलेन्सलाई सोमबार राति १२ बजे हेटौँडा-४ रानीदरबार अगाडि रोकेर प्रहरी सहायक निरीक्षक डिल्लीराम शिवाकोटीले बिरामीका आफन्तसँग विवाद गरेका थिए ।

विवादका क्रममा सामान्य झडप हुँदा प्रहरी सहायक निरीक्षक शिवाकोटी घाइते भएका थिए । प्रहरीले बिरामीसहित एम्बुलेन्स र एम्बुलेन्समा रहेका बिरामीका आफन्तलाई नियन्त्रणमा लिएको थियो । सोही क्रममा बिरामीको मृत्यु भएको थियो ।


क्याटेगोरी : मुख्य खबर, समाचार, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट