Techie IT
Hetauda Khabar

अभिनेता अनमोल केसी रिहा


अभिनेता अनमोल केसी रिहा भएका छन् ।

काठमाडौं जिल्ला अदालतले उनीमाथि तीन दिन अनुसन्धान गर्न दिएको समय आज समाप्त भएसँगै हाजिरी जमानीमा उनी रिहा भएका हुन् ।

उनलाई खोजेको बेला उपस्थित हुने गरी अभिभावकको जिम्मा लगाएको प्रहरीले जनाएको छ ।

फिल्म ‘रावायण’को आर्थिक लेनदेन विवादमा निर्मात्री सुप्रिया कटुवालले अनमोलविरुद्ध उजुरी दिएकी थिइन् । प्रहरीले उनलाई शुक्रबार बेलुका साँगाबाट पक्राउ गरेको थियो ।


क्याटेगोरी : मनोरञ्जन, समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट