Techie IT
Hetauda Khabar

हेटौंडामा डाक्टर कुट्ने थप २ जना पक्राउ


बुधबार हेटौंडाको सन्चो हस्पिटल भित्र पसेर चिकित्सकमाथि कुटपिट गर्ने थप २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

बुधबार हेटौंडा उपमहानगरपालिका -१ मा रहेको सञ्चो हस्पिटलका चिकित्सक विकास थापा र प्रशान्त विडारीमाथि सांघातिक आक्रमण भएको थियो ।

एक महिनाअघि डेंगु सङ्क्रमित हेटौंडा–१२ का ४१ वर्षीय राजेश प्रधानको उपचारमा लापरबाही भएको भन्दै डाक्टरमाथि आक्रामक भएको हो । डेंगु सङ्क्रमित प्रधानको चितवनस्थित चितवन मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको थियो ।

कुटपिटमा संलग्न रोहित प्रधान र अनुप प्रधानलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । केहि समय अघि डाक्टरमाथि सांघातिक आक्रमण गर्ने मध्यका रमा प्रधान र रमिता प्रधानलाई प्रहरीले पक्राउ गरेको थियो ।


क्याटेगोरी : मुख्य खबर, समाचार, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट