Techie IT
  • ९ फागुन २०८२, शनिबार
Hetauda Khabar
  • ९ फागुन २०८२, शनिबार

पार्टीको झण्डा तीन दिन आधा झुकाउने एमालेको निर्णय


नेकपा (एमाले) ले पार्टी उपाध्यक्ष तथा संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनमा सबै कार्यालयको झण्डा तीन दिनसम्म झुकाउने निर्णय गरेको छ ।

ADVERTISEMENT

ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा मङ्गलबार बिहान आकस्मिक बसेको एमाले सचिवालय बैठकले सो निर्णय गरेको नेता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।

ADVERTISEMENT

नेता ज्ञवालीका अनुसार देशका सबै पार्टी कार्यालय, प्रदेश र इलाममा पार्टीको झण्डा तीन दिनसम्म झुकाइने छ ।

बैठकमा संविधानसभाका अध्यक्ष, पूर्वसभामुख एवम् पार्टी उपाध्यक्षको लगायत हरेक आयाम र भूमिकामा नेम्वाङले आफूलाई खरो साबित गर्नुभएको मूल्याङ्कन भएको छ ।

ADVERTISEMENT

उहाँले भन्नुभयो, “अत्यन्त दुख, पीडा, शोकको बिचमा यो बैठक सम्पन्न गरेका छौँ । पार्टीका उपाध्यक्ष संविधानसभाका अध्यक्ष, प्रतिनिधिसभामा चार पटकसम्म, सभामुखमा खेल्नुभएको भूमिका, अत्यन्त लोकप्रिय नेता सुवासचन्द्र नेम्वाङको १ः५० बज हृदयाघातका कारण मृत्यु भएको छ ।” उहाँप्रति श्रद्धासुमन अर्पण गर्नुहुँदै उहाँले निर्वाह गर्नुभएको भूमिकाको मूल्याङ्कन बैठकमा भएको उहाँको भनाइ छ ।

एमालेले संविधानसभाको दुई पटकसम्म अध्यक्ष कुशलतापूर्वक निर्वाह गरेको भूमिका, जस्तोसुकै तनावबिच पनि सबै पक्षलाई समेटेर सहमति र निकास निकाल्न सक्ने नेम्वाङको व्यक्तित्वको नेपाली राजनीतिक आन्दोलनमा लामो समय अभाव हुने बताएको छ ।

उहाँले आगामी असोज २ गते पार्टी केन्द्रीय कार्यालयले श्रद्धाञ्जली सभाको आयोजना गर्ने जानकारी दिनुभयो ।


प्रकाशित मिति : मङ्लबार, २०८० भदौ २६, १३ :४७ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट