Techie IT
Hetauda Khabar

मकवानपुरको बागमती गाउँपालिकाका ६ घर डुबानमा, बागमती खोलाले धरान चतारा सडक कटान


मकवानपुरको पूर्वी भेगमा पर्ने बागमती गाउँपालिका वडा नम्वर ४ मा बागमती खोलाको बाढी पसेर ६ घर डुवानमा परेको छ ।

खोलाको सतह बढेर बस्तीमा पसेको र ६ घर डुवानमा परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

डुवानमा परेका स्थानीयहरुको उद्दार गरी सुरक्षित स्थानमा राखिएको छ । त्यस्तै बागमती गाउँपालिका ४ पाँच पाण्डप स्थित धरान चतारा सडकखण्ड बागमती खोलाले कटान गरेको छ ।

बागमती खोलाको बाढीका कारण सडक कटान भएपछी सडक अवरुद्ध भएको र बाटो एक तर्फी सुचारु रहेको प्रहरीले जनाएको छ ।


क्याटेगोरी : समाचार, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट