Techie IT
Hetauda Khabar

नेपाल टप भएकी मकवानपुर क्याम्पसकी सृष्टीलाई नेम इन्स्टिच्युटको छात्रवृत्ति


उच्च अंक सहित नेपाल टप भएकी मकवानपुर बहुमुखी क्याम्पसबाट बिबिए सातौं सेमष्टरमा सहभागि हेटौंडा–९ की सृष्टी महर्जनलाई नेम इन्स्टिच्युट हेटौंडाले छात्रवृत्ति प्रदान गरेको छ ।

हेटौंडामा रहेको नेम इन्स्टिच्युटले राष्ट्रिय बाणिज्य बैंकको तयारी कक्षामा उनलाई शतप्रतिशत छात्रवृत्ति प्रदान गरिएको संचालक किशोर अर्यालले जानकारी दिए ।

विभिन्न लोकसेवा तथा तयारी कक्षा संचालन गरिरहेको इन्स्टिच्युटले  महर्जनलाई शतप्रतिशत र दोश्रो हुनेलाई ५० प्रतिशत, तेश्रो चौथो र पाँचौं हुनेलाई ३० प्रतिशत छात्रवृत्तिको व्यवस्था गरिएको इन्स्टिच्युटले जनाएको छ ।

सामाजिक उत्तरदायित्व र विद्यार्थीलाई प्रोत्साहन स्वरूप उक्त छात्रवृत्ति उपलब्ध गराएको बताइएको छ ।


क्याटेगोरी : समाचार, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट