Techie IT
Hetauda Khabar

आर्या फर्माले गर्यो हेटौंडामा पारा मेडिकल कार्यक्रम


औषधीको म्यानिफ्याक्चर कम्पनी आर्या फर्मा ल्याबले हेटौंडामा पारा मेडिकल कार्यक्रम गरेको छ ।

आर्या फर्माल्याब प्रा.लि.ले बिगत लामो समय देखि करिब २ सय हाराहरीमा बिभिन्न खालका औषधीहरु उत्पादन गरिरहेको कम्पनिका महाप्रबन्धक बिकास बरालले बताए । मकवानपुरका औषधी ब्यवसायीहरुसँग कुरकानी गर्दै बरालले औषधीको गुरस्तरमा कुनै कमी नराख्ने प्रतिबद्धता ब्यक्त गरे ।

ब्यवसायीहरुले गुणस्तरमा अझै ध्यान दिनुस् भनेर दिनुभएको सुझावलाइ मध्यनजर गर्दै काम गरिरहेको महा प्रबन्धक बरालको दाबी छ । आर्याले ओइन्ट,जेल,लोसन,सिरप,क्याप्सुल,ट्याब्लेट र बिभिन्न खालका औषधीहरु उत्पादन गरिरहेको छ र नयाँ प्रडक्टहरु छिट्टै बजारमा ल्याउने तैयारी भैरहेको प्रबन्धक दिपक मलिकले बताए ।

कार्यक्रममा डाक्टर प्रकास तिवारी , औषधी ब्यवसायी संघका बागमती प्रदेश सदस्य बिनोदकुमार लामिछाने , मकवानपुर अध्यक्ष नारायणलाल श्रेष्ठ लगायतकाको आतिथ्यता रहेको थियो ।


क्याटेगोरी : समाचार, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट