Techie IT
Hetauda Khabar

नक्कली शरणार्थी प्रकरण : १६ जनालाई नै सुन्धारा कारागार पठाइने


नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालतले १६ जनालाई नै थुनामा पठाउन आदेश दिएको छ ।

उनीहरूलाई सुन्धारास्थित केन्द्रीय कारागारमा पठाइने छ ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा भएको थुनछेक बहसपछि २ जनालाई भने धरौटीमा छाड्ने आदेश दिइएको छ ।

लक्ष्मी महर्जनलाई ५ लाख र टंक गुरुङलाई १० लाख धरौटीमा रिहा गर्ने आदेश भएको अदालतले जनाएको छ । यस्तै  टोपबहादुर रायमाझी, बालकृष्ण खाणसहित अन्य १६ जना प्रतिवादी भने पुर्पक्षका लागि जेल चलान भएका छन् ।


क्याटेगोरी : मुख्य खबर, समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट