Techie IT
Hetauda Khabar

हेटौंडाको लिटिल बडी प्रिस्कूलका १४ विद्यार्थी दीक्षित


हेटौंडा उपमहानगरपालिका- ४ स्थित लिटिल बडी प्रिस्कूलले युकेजी अध्ययन पूरा गरेका विद्यार्थीलाई दीक्षित गरेको छ ।

शनिवार आयोजित दिक्षान्त समारोहमा युकेजी तहका १४ जना विद्यार्थी दिक्षित भएका छन् । लिटिल बडीमा प्लेग्रुप, नर्सरी, एलकेजी र युकेजी गरी चार तहमा १ सय ५० भन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।

बेलायती शैलीमा पढाइ हुने प्रि स्कुलको कार्यालय भारत र बेलायतमा रहेको छ भने नेपालमा यसको फ्रेन्चाइज रहेका छन् ।

अर्लि इअर फाउन्डेसन स्टेज (इवाइएफएस) पाठ्यक्रममा आधारित रहेर बालबालिकालाई सिकाइका जोड दिईरहेको लिटिल बडी नेपाल फ्रेन्चाइज अध्यक्ष एबम लिटिल बडी हेटौंडाका प्रिन्सिपल युबराज दाहालले बताए ।

विशेषगरी डेढ वर्षदेखि पाँच वर्ष अवधिका विद्यार्थीको सीप, ज्ञान तथा आफूले जानेको विषयलाई आफै प्रस्तुत गर्न सक्ने गरी इवाइएफएस पाठ्यक्रम तयार गरिएको र त्यही अनुसार विद्यार्थीलाई सिकाउने गरिएको उनले जानकारी दिए ।


क्याटेगोरी : मुख्य खबर, समाचार, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट