Techie IT
  • १८ माघ २०८२, आईतबार
Hetauda Khabar
  • १८ माघ २०८२, आईतबार

हेटौंडा औद्योगिक व्यापार महोत्सव- सोमबार टंक बुढाथोकी, अशोक दर्जीलगायतका कलाकार आउने


मकवानपुर उद्योग वाणिज्य संघको मुख्य आयोजनामा हेटौंडा १० टिसिएन चौरमा जारी महोत्सवमा राष्ट्रिय कलाकारको प्रस्तुतीमा दर्शकहरु झुमेका छन् । महोत्सवको पाँचौ दिन आइतबार महोत्सव अवलोकन गर्न आएका दर्शकहरुले गीतसंगीतमा झुमेका हुन् ।

ADVERTISEMENT

आइतबार गायक रमेशराज भट्टराई र गायिका सहिमा श्रेष्ठको गीतमा दर्शकले मनोरंजन लिए । गायक भट्टराईले विभिन्न गीत प्रस्तुत गर्दै हेटौंडेली दर्शकलाई नचाएका थिए ।

ADVERTISEMENT

त्यस्तै स्याण्टअप कमेडीमा चर्चित कमेडियन सीता न्यौपानेले व्यङ्ग्यात्मक प्रस्तुति दिंदै युवापुस्तालाई हसाएकी थिइन् ।

सोमबार चर्चित बाल गायक अशोक दर्जी, गायक/संगीतकार टंक बुढाथोकी, गायिका मञ्जु पौडेल, हेटौंडेली कलाकार सुलेमान शंकर ईकु, गायक प्रदीप त्रिपाटी आउने आयोजक जनाएको छ ।

ADVERTISEMENT

शनिबार राष्ट्रिय कलाकार गायिका टिका प्रसाई र गायक किरण भुजेल, कमेडियन राजा राजेन्द्र पोखरेलले आफ्नो प्रस्तुती दिएका थिए ।

महोत्सवमा हेटौंडा आइडल गायन प्रतियोगिता र हेटौंडा डान्सिङ स्टार प्रतियोगिता पनि भइरहेको छ । हेटौंडा आइडल र हेटौंडा डान्सिङ स्टारमा मकवानपुरका विभिन्न नवप्रतिभाहरुले प्रतिस्पर्धा गरिरहेका छन् ।

१० औं राष्ट्रिय औद्योगिक व्यापार महोत्सवमा हेटौंडा आइडल डान्सिङ स्टार, जुम्लाको मार्सी चामल, केराको मःम, रैथाने बाली कोदोको पिठो बाट कोदोको विष्कुट, निमकिन, पोखराको खुवा, नेपाल टेलिकमको फ्री सिमकार्ड, हिमाली भीरमौरीको मह, भोजपुरे खुकुरी, प्राचिन हस्तकलाको झ्याल, ढोका, पुस्तक प्रदर्शनी, लगायतका स्टलहरु रहेका छन् ।

११ गते सुरु भएको महोत्सव माघ २३ गतेसम्म सञ्चालन हुनेछ ।


प्रकाशित मिति : आइतवार, २०७९ माघ १५, २३ :०९ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट