रवि लामिछानेको सांसद पद खारेज
सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज गरिदिएको छ । लामिछानेको नागरिकता अवैध भएको ठहर गर्दै सर्वोच्च अदालतले उनको सांसद पद खारेज गरिदिएको हो।
लामिछाने गत मंसिर ४ मा भएको निर्वाचनमा चितवन २ बाट प्रतिनिधसभा सदस्यमा निर्वाचित भएका थिए । नागरिकताका विषयया लामिछानेलाई विपक्षी बनाउदै रविराज बसौला र युवराज सफलसहितले मुद्दा दायर गरेका थिए ।
प्रकाशित मिति : शुक्रबार, २०७९ माघ १३, १८ :२५ बजे

















प्रतिक्रिया