Techie IT
Hetauda Khabar

आगलागी पीडितलाई कैलाश गाउँपालिकाको राहत वितरण


कैलाश गाउँपालिकाले आगलागि पीडित स्थानीयलाई राहत सामग्रि उपलब्ध गराएको छ ।

गाउँपालिकाका अध्यक्ष लोक मुक्तान आज राहत तथा बन्दोबस्तिको सामान लिएर कैलाश–२ घरेटीका पीडित कुमार चेपाङको गाउँ पुगेका थिए । उनले चेपाङ परिवारलाई सिरक–डस्ना, लत्ताकपडा, भाँडाकुडा, म्याट, खाद्यसामग्री गाउँमै पुगेर हस्तान्तरण गरेका हुन् ।

चेपाङको घर निर्माणको लागि गाउँपालिकाले सहयोग गर्ने अध्यक्ष मुक्तानले बताए । उनलाई घर बनाउन जस्तापाता तथा आवश्यक निर्माण सामग्री उपलब्ध गराईने अध्यक्ष मुक्तानले जानकारी दिए ।

गएको पुस २९ गते आगलागीमा परि चेपाङको घर पुर्ण नष्ट भएको थियो । आगलागीबाट उनको घरमा रहेको खाद्यान्न तथा लत्ताकपडासमेत सबै जलेको अध्यक्ष मुक्तानले जानकारी दिए ।


क्याटेगोरी : समाचार, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट