Techie IT
  • १८ माघ २०८२, आईतबार
Hetauda Khabar
  • १८ माघ २०८२, आईतबार

मदिरा र सुर्तीजन्य उद्योगले अनिवार्य विद्युतीय बीजक जारी गर्नुपर्ने


आन्तरिक राजस्व विभागले पाँच करोडभन्दा बढीको कारोबार गर्ने सुर्तीजन्य उद्योगले अनिवार्य रूपमा विद्युतीय बीजक जारी गर्नुपर्ने व्यवस्था गरेको छ । यसअघि यस्ता उद्योगहरूले १० करोडभन्दा बढीको कारोबार गरेमात्र विद्युतीय बीजक जारी गर्नुपर्ने व्यवस्था थियो ।

ADVERTISEMENT

विभागले आगामी माघ १ गतेदेखि लागु हुने गरी यस्तो व्यवस्था गरेको हो ।

ADVERTISEMENT

काठमाडौं । आन्तरिक राजस्व विभागले पाँच करोडभन्दा बढीको कारोबार गर्ने सुर्तीजन्य उद्योगले अनिवार्य रूपमा विद्युतीय बीजक जारी गर्नुपर्ने व्यवस्था गरेको छ । यसअघि यस्ता उद्योगहरूले १० करोडभन्दा बढीको कारोबार गरेमात्र विद्युतीय बीजक जारी गर्नुपर्ने व्यवस्था थियो ।

विभागले आगामी माघ १ गतेदेखि लागु हुने गरी यस्तो व्यवस्था गरेको हो ।

ADVERTISEMENT

विभागले मदिरा, बियर, वाइन, स्प्रिट उत्पादन गर्ने सबै प्रतिष्ठानहरू, चुरोट उत्पादन गर्न प्रतिष्ठान र गुट्खा उद्योगहरूले अनिवार्य रूपमा विद्युतीय बीजक जारी गर्नुपर्ने जनाएको छ । यस्ता कम्पनीलाई विद्युतीय बीजक जारी गर्न थप गरिएको हो ।

त्यस्तै, आर्थिक वर्ष २०७७/०७८ वा २०७८/०७९ को मूल्य अभिवृद्धि कर तथा आय विवरणमध्ये कुनै एक आर्थिक वर्षको कारोबार रकम १० करोड रुपैयाँँभन्दा बढीको जुनसुकै वस्तु तथा सेवाको कारोबार गरेका करदाताहरूले पनि अनिवार्य रूपमा विद्युतीय बीजक जारी गर्नुपर्नेछ ।

तर, कारोबाको प्रकृति अनुसार उपभोक्तालाई प्रत्यक्ष रूपमा बीजक जारी नगर्ने बैंक तथा वित्तीय संस्था जस्ता निकायको कारोबारको हकमा यस्तो व्यवस्था लागु नहुने बताइएको छ ।

०७५ फागुन ११ गतेदेखि लागु गुनेगरी वार्षिक पाँच करोड रुपैयाँभन्दा बढी कारोबार गर्ने होटल, रेस्टुरेन्ट तथा चमेनागृह र इन्टरनेट सेवा प्रदायकलाई अनिवार्य विद्युतीय बीजक भर्नुपर्ने व्यवस्था थियो । त्यस्तै, सोही वर्ष १० करोड रुपैयाँभन्दा बढी कारोबार गर्ने डिपार्टमेन्टल स्टोर, मार्ट र फ्लोरिङ तथा फर्निसिङको कारोबार गरेका करदातालाई पनि यस्तो अनिवार्य विद्युतीय बीजक अनिवार्य गरिएको थियो ।


प्रकाशित मिति : शुक्रबार, २०७९ पुस १५, १९ :०९ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट