Techie IT
Hetauda Khabar

काभ्रेको बेथानचोकमा बस दुर्घटना, घाइतेलाई अस्पताल ल्याइयाे


काभ्रेको बेथानचोक गाउँपालिका–४ चलाल गणेशस्थानमा बस दुर्घटना भएको छ ।

जन्ती बोकेर फर्किँदै गरेको बा ३ ख ४३८७ नम्बरको बस दुर्घटनामा परेको हो । दुर्घटनामा कम्तिमा १३ जनाको ज्यान गएको र २० भन्दा बढी गम्भीर घाइते भएको खबर प्राप्त भएको छ । यद्दपी मृत्यु र घाइतेको संख्या प्रहरीले पुष्टि गरिसकेको छैन ।

जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीले दुर्घटनामा केहीको मृत्यु भएको खबर आए पनि पुष्टि भने भई नसकेको बताउनुभयो। उहाँले दुर्घटनाका घाइतेलाई उपचारका लागि धुलिखेल तथा बनेपास्थित शिरमेमोरियल अस्पतालमा ल्याउने काम भएको बताउनुभयो।


क्याटेगोरी : मुख्य खबर, समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट