Techie IT
  • २८ माघ २०८२, बुधबार
Hetauda Khabar
  • २८ माघ २०८२, बुधबार

मकवानपुर घटना- हत्या गरेर खाल्डोमा पुर्ने सिस्नेरीका वाइबा पक्राऊ


मकवानपुर प्रहरीले जिल्लाको इन्द्रसरोबर गाउँपालिका-३ ज्यामिरेकी सरस्वति वाइबालाई हत्या गर्नेलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

ADVERTISEMENT

हत्या आरोपमा सोही ठाउँ बस्ने ३३ वर्षीय रोज वाइबालाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

ADVERTISEMENT

गत १३ गतेदेखि हराएकी ३५ वर्षिया वाइबाको शव २४ गते बेलुकी भटिएको थियो । अनुसन्धानका क्रममा आरोपीलाई पक्राउ गरिएको र उनले हत्या गरेको स्वीकारेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता टेक बहादुर कार्कीले जानकारी दिएका छन् ।

आफ्नी श्रीमती हराएपछी गत १७ गते सरस्वतीका श्रीमान बिर बहादुर वाइबाले खिजिदिना निवेदन दिएका थिए । २४ गते प्रहरी टोली र परिवारले खोजतलास गर्दा आरोपी रोज वाईबाको बारीमा अनुहार र कपडाको केही भाग देखिने गरी खाल्डोमा पुरिएको अबस्थामा शव फेला परेको थियो । शव फेलापरेपछी प्रहरी कार्यालयबाट तालिम प्राप्त कुकुर सहित अनुसन्धान गर्दा रोज वाइबालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

ADVERTISEMENT

आरोपीले सामान्य भनाभन हुँदा एक थप्पड हानेको र भुईमा लड़ेपछी थप प्रहार गरेर खाल्डोमा पुरेको बताएको प्रवक्ता कार्कीले बताए ।

पक्राउ परेका वाइबालाई जिल्ला अदालत मकवानपुरबाट ७ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । उनलाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद १२ को ज्यान सम्बन्धी कसुरको दफा १७७ बमोजिम कसुर गरेकोले जन्मकैद सम्मको सजाय हुने र सोही अनुसार मुद्दा चलाइएको प्रहरीले जनाएको छ ।


प्रकाशित मिति : मङ्लबार, २०७९ मंसिर २७, १५ :०२ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट