हेटौंडमा दिपक सिंहको आक्रामक इन्ट्री
मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्वर–१ को हालसम्म ७४ हजार ७९२ मत गणना भएको छ । अब १६६९४ मतगणना हुन बाँकी छ ।
अब ५,९ र १० नबर वडाको मतगणना गर्न बाँकी रहेको छ ।
लोकतान्त्रिक बाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी कांग्रेस केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनाले २२ हजार ५८३ मत पाएकी छिन् ।
हालसम्म कांग्रेसकी डिना सबैभन्दा अगाडि छिन् । राप्रपाका दिपकबहादुर सिंहले २१ हजार १५९ मत पाएका छन् ।
प्रकाशित मिति : बिहिबार, २०७९ मंसिर ८, १० :१३ बजे


















प्रतिक्रिया