Techie IT
Hetauda Khabar

मकवानपुर गोल्डकप : एनआरटीलाई टाइब्रेकरमा स्तब्ध पार्दै एपीएफले उचाल्यो उपाधी


हेटौंडा, २७ माघ ।  हेटौँडा ६ स्थित गौरीटार रंगशालामा जारी छैठौं संस्करणको मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको विभागीय टोली सशस्त्र प्रहरीको (एपिएफ) क्लबले जितेको छ ।

आज शनिबार भएको फाईनल खेलमा एनआरटी क्लबलाई टाइब्रेकरमा ४-५ गोलअन्तरले स्तब्ध पार्दै एपीएफले जित आफ्नो पोल्टामा पार्न सफल भएको हो ।

निकै प्रतिस्पर्धात्मक खेलको निर्धारित समय गोलरहित बराबरीमा टुंगिए पछि खेल टाइब्रेकरमा धकलिएको थियो ।

जितसगै प्रतियोगिताको विजेता एपीएफले नगद १५ लाख रुपैयाँ पुरस्कार सहित ट्रफी प्राप्त गर्यो  । यस्तै उपविजेतामा भएको एनआरटीले नगद १० लाख रुपैयाँ प्राप्त गर्यो ।

यस्तै प्रतियोगिताको विधागत उत्कृष्ट खेलाडीले जनही नगद २५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गरेका छन । जसमध्ये प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी एफिएफ क्लबका अनिष महर्जन घोषित भए । उनले बुलेट बाइक प्राप्त गरे ।

यस्तै खेलको उत्कृष्ट खेलाडी र उत्कृष्ट गोलरक्षक एफिएफकै एन्जल श्रेष्ठ घोषित भए । भने एफिएफ तर्फकै कुल्दिप कार्की उत्कृष्ट डिफेन्डर हुँदा सुमन श्रेष्ठ उत्कृष्ट प्रशिक्षक भए ।

उता एनआरटी क्लबको तर्फबाट भने उत्कृष्ट मिडफिल्डर जया गुरुङ हुँदा बिदेशी खेलाडी जोन गोलरे उत्कृष्ट फर्वाड घोषित भए ।

यसअघि जिल्ला फुटबल संघ मकवानपुरले २०६२/०६३ को जनआन्दोलनका सहिदहरुको स्मृतिमा २०६४ सालमा हेटौंडामा पहिलो पटक राष्ट्रिय फुटबल प्रतियोगिताको आयोजना गरेको थियो ।

प्रतियोगितामा एनआरटीले सेमिफाइनलमा धनकुटाको राजारानीलाई सडनडेथमा र एपिएफले बागमती युवा क्लब सर्लाहीसँग सहज जित निकाल्दै उपाधि भिडन्त पक्का गरेको थियो ।

फाइनल प्रवेशको क्रममा एनआरटीले सडनडेथमा १७–१६ को जित निकालेको थियो भने एपिएफले बागमतीसँग ४–० को जित निकालेको थियो। यो पटक मकवानपुर गोल्डकपले नयाँ विजेता पाएको छ । यी दुई क्लब यो प्रतियोगिताको फाइनलमा पहिलो पटक पुगेका थिए ।

यसअघि २०६४ सालमा भएको पहिलो संस्करणको उपाधि थ्रीस्टार क्लबले जितेको थियो।

त्यसपछि नियमित हुन नसकेको प्रतियोगितालाई २०७६ सालबाट पुनः निरन्तरता दिइएकोमा उक्त वर्ष घरेलु टिम मकवानपुर ११ ले उपाधि जितेको थियो।

२०७७- २०७८ मा त्रिभुवन आर्मी फुटबल क्लबले प्रतियोगिताको उपाधि जित्दा अघिल्लो वर्ष हिमालयन शेर्पा क्लबलाई १–० गोलले हराउँदै मनाङ मर्स्याङ्दी क्लबले उपाधि जितेको थियो।

यस वर्ष साबिक विजेता मनाङमस्र्याङ्दी क्लबले प्रतियोगितामा सहभागिता जनाएको छैन भने उपविजेता शेर्पा क्लब एनआरटीसँग हार व्यहोर्दै पहिलो खेलबाटै बाहिरिएको थियो ।

। माघ १६ गतेबाट सञ्चालन भएको छैठौं संस्करणको प्रतियोगितामा १२ वटा टिमको सहभागिता रहेको थियो।


क्याटेगोरी : खेलकुद, मुख्य खबर, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट