Techie IT
Hetauda Khabar

हेटौंडामा राष्ट्रियसभा निर्वाचन सम्पन्न, मेयर बालेनसहित ५ जना अनुपस्थित


हेटौंडा । राष्ट्रियसभा सदस्य निर्वाचन अन्तर्गत बागमती प्रदेशको मतदान सकिएको छ । निर्वाचनमा कुल ३४७ मतदाता मध्य ३४२ जनाले मात्र मतदानमा भाग लिएका छ्न ।

स्थानीय तहका २३७ जनामा २३४ जनाले मतदान गरेका छन भने ११० प्रदेशसभा सदस्य मध्य १०८ जना प्रदेश सभाका सदस्यहरुले मतदान गरेका छन् ।

मतदान प्रक्रियामा नुवाकोटको किस्पाङ गाउँपालिकाको अध्यक्ष बिरबल तामाङ फरार रहेकाले अनुपस्थित भए भने काभ्रेको चौरीदेउराली गाँउपालिकाको उपाध्यक्ष शेर बहादुर लामा सिकिस्त बिरामी रहेकाले मतदानमा सहभागी भएनन् ।

काठमाडौ महानगरपालिकाको मेयर बालेन्द्र शाहले मतदान बहिस्कार गरेका छ्न । प्रदेश तह अन्तर्गत हाम्रो नेपाली पार्टीको २ सांसद शैलेन्द्रमान बज्राचार्य र सरिता खड्कीले मतदान प्रक्रिया बहिस्कार गरेका छन । दोलखाको गौरीशंकर गाउँपालिकाका उपाध्यक्षको मृत्यु भएको कारण स्थानीय तहको एक जनाको मतभार कम भएको छ ।

चार सदस्यका लागि बिहान ९ बजेबाट हेटौंडा–४ स्थित भुटनदेवी माविको प्राविधिक भवनमा मतदान मतदान भएको थियो ।

मत परिणाम आजै साँझसम्म सार्वजनिक गरिने मुख्य निर्वाचन अधिकृत श्रीप्रसाद सञ्जेलले जानकारी दिए ।
निर्वाचनमा सत्तारुढ गठवन्धनसहित एमाले, काङ्रेस र राप्रपाका १५ जना उम्मेदवार रहेका छ्न ।


क्याटेगोरी : मुख्य खबर, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट